बुधबार, १९ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बुधबार, १९ कात्तिक २०८३
कोशी प्रदेश

गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ

धनकुटा, १४ चैत्र । धनकुटामा गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ परेका छन् । धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न स्थानीय २५ वर्षीय अभिषेख बिकलाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गाँजा सहित पक्राउ परेका उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page