मधेस प्रदेश समाचार

मधेस प्रदेश मिडिया काउन्सिल अध्यक्षमा उपाध्याय र आमसञ्चार प्राधिकरणमा खड्गाको नियुक्ति

कञ्चनरूप , ७ वैशाख । मधेस प्रदेशको मिडिया काउन्सिल अध्यक्षमा बाराका वरिष्ठ पत्रकार कमल उपाध्यायलाई र सप्तरीका पत्रकार जितेन्द्र खड्गालाई आमसञ्चार प्राधिकरण मधेस प्रदेशको अध्यक्षमा नियुक्त गरिएको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीका अनुसार आज आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उहाँहरुलाई नियुक्ति गर्ने निर्णय गरेको हो। 

कमल उपाध्याय लामो समयदेखि बारा जिल्लामा पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ बारा शाखाको अध्यक्षका रूपमा दुई कार्यकालसम्म नेतृत्वमा रहेर सक्रिय भूमिका निभाइ सक्नु भएको छ ।

 जिल्लामा सञ्चार माध्यमको विकास, पत्रकारहरूको पेशागत उन्नति तथा पुरस्कार तथा सम्मान व्यवस्थापनमा उहाँको विशेष योगदान रहेको बताइएको छ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको नेतृत्व पाउनु भएका जितेन्द्र खड्गा पनि पत्रकारिता क्षेत्रमा लामो अनुभव बटुल्नु भएको व्यक्ति हो। उहाँ २०७४ देखि २०७७ सालसम्म नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष हुनुहुन्थ्यो ।

   

You cannot copy content of this page