कञ्चनरूप, २२ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह,सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सोमबार बिहान सिरहा जिल्ला कारागारको नयाँ भवनको शिलान्यास गर्नु भएको छ ।
सिरहा स्थित रहेको कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता रहेकोमा कारागारमा अब नयाँ भवन बने पछि धेरै राहत हुने कारागार प्रशासनले खुशी व्यक्त गरेको छ ।
हालको कारागार भवनमा १५ महिला र १३५ पुरुष गरी कुल १५० जना मात्र कैदी बन्दी बस्ने क्षमता भए पनि करिब चार गुणाभन्दा बढी कैदी र थुनुवा रहेका छन् ।
गृहमन्त्री लेखी आफैले मधेस प्रदेशमा रहेको कारागारहरुको स्थलगत निरीक्षण समेत गर्नु भएको थियो।



