कोशी प्रदेश समाचार समाज

बिराटनगरबाट ब्राउन सुगर सहित २५ वर्षीय लिम्बु पक्राउ

विराटनगर, असार १ गते । विराटनगरमा लागूऔषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन । विराटनगर महानगरपालिका-१६ स्थीतबाट लागूऔषध ब्राउन सुगर सहित बुढिगंगा गाउँपालिका-७ का २५ वर्षीय राज कुमार लिम्बु पक्राउ परेका हुन । 

शनिबार राती साढे ९ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बुको साथबाट ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । 

लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको  जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

   

You cannot copy content of this page