समाचार

संघियता ल्याउन आदिवासी जनजातिहरुको महत्त्वपूर्ण भूमिका रहेको छ : गृह मन्त्री लेखी

कञ्चनरूप, २३ असार । मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार 

लेखीले संघियता,समावेशिता र स्वायत्तता आदिवासी जनजातिहरुको आन्दोलन मार्फत स्थापित भएको बताउनुभएको छ । 

सोमबार राष्ट्रिय स्वालम्बन समाज सप्तरीको आयोजना र शिक्षा तथा संस्कृती मन्त्रालय मधेश प्रदेशको सहयोगमा संचालन भएको “प्रदेश स्तरीय आदिवासि जनजाती सम्मेलन” मा मन्त्री लेखीले सो कुरा बताउनु भएको हो ।

सप्तरी जिल्लाको कञ्चनरूप-८ स्थित कञ्चनपुरमा संचालन भएको प्रदेश स्तरीय आदिवासी जनजाती सम्मेलनको प्रमुख अतिथी रहनु भएका गृह मन्त्री लेखिले सम्मेलनमा शुभकामना राख्ने क्रममा” अहिले प्रमुख पार्टीहरु, पार्टिका नेताहरु, मधेशवादी दलहरु संघियता, समावेशिता र स्वायत्तताका मुद्दा आफुले स्थापित गरेको दावी गरेर भ्रम फैलाउने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो तर त्यो सत्य हैन यो देशका भुमिपुत्र आदिवासि समुदायले संघियता, समावेशिता र स्वायत्तताको बिषयमा ऐतिहासिक कालखण्ड देखिनै आवाज बुलन्द गरेको ईतिहास हामी संग साक्षी छ । 

मन्त्री लेखीले वि सं २००३, २००४,२००७ र २००९ सालमै तत्कालिन राजा त्रीभुवनलाई लिखित रुपमा आदिवासी जनजाती समुदायले संघियताको माग सहित ज्ञापनपत्र बुझाएको लिखित ईतिहास रहेको बताउनु भयो । 

साथै मन्त्री लेखीले भन्नुभयो २०६२/०६३ को आन्दोलन पस्चात मेरो आफ्नै नेतृत्वमा आदिवासी आन्दोलनले उचाई लिएको बेला नेपालका प्रधानमन्त्रीहरुले संघियता , समावेशिता, स्वायत्तता लगायतका मुद्दाहरुलाई संस्थागत गर्ने प्रतिवद्दता सहित सहमती गरेको हुदा आदिवासी आन्दोलनकै प्रतिफल संघियता,स्वायत्तता लगायत समावेशिता स्थापित भएको हो।” 

शुभकामना मन्तब्यकै क्रममा मन्त्री लेखीले “आफ्नै नेतृत्वको आन्दोलनबाट प्राप्त संघियता,समावेशिता तथा स्वायत्तताको मुल मर्म अनुसार काम गर्नु भनेको आन्दोलन प्रतिको सम्मान हो तसर्थ आफू प्रदेश सरकारको गृहमन्त्री हुँदै गर्दा प्रदेश सरकारको तर्फबाट मिडिया काउन्सिल,चलचित्र बोर्ड,आमसंचार प्राधिकरण लगायतमा समावेशी सिद्दान्तलाई आत्मसाथ गर्दै आदिवासी समुदाय,दलित,मधेशी लगायतका समुदायलाई समेटेर नियुक्ती गर्दा केही एकात्मक सोच ,केन्द्रीकृत सोच तथा संकिर्ण सोच भएका ब्यक्तीहरुले निरन्तर बिरोध गर्नेगरेका छन तर याद रहोस म बाल्य अवस्था बाटै क्रान्तिकारी र बिद्रोही स्वभावको ब्यक्ती भएको कारणले पनि यस्ता बिरोधले मलाई चिन्तित हैन थप उर्जाशिल भएर काम गर्ने प्रेरणा मिलेको छ, भनेर गृह मन्त्री लेखीले बताउनु भएको छ ।

प्रदेश स्तरीय सम्मेलनमा राष्ट्रिय स्वालम्बन बिकास  समाजका अध्यक्ष माधव चौधरीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका मिडिया काउन्सिलका का.वा. अध्यक्ष सुरेश कुमार यादव, चलचित्र तथा लोकसञ्चार प्रबर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी, नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा, कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता, पुर्व मेयर एवं एमालेका मधेस कमिटी सदस्य बसन्त कुमार मिश्र लगायत स्थानिय जनप्रतिनिधी, जातिय संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

   

You cannot copy content of this page