शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाचार

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च, २७ ढोका खोलिए

कञ्चनरूप, १८ साउन । सप्तकोशी नदीमा पानीको बहाव यश वर्षकै उच्च अवस्थामा पुगेको छ । आइतबार दिउँसो ४ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।

प्रशासनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये २६ वटा ढोका खुला गरिएको छ ।

सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page