समाचार

सप्तरीमा ट्रकको ठक्करबाट साइकल यात्री चौधरीको मृत्यु 

कञ्चनरूप, २४ असोज । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ चाँदनी चोक स्थितमा शुक्रबार ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बर्ष ७६ को बमभोज चौधरी रहेको प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो ३ बजेको समयमा पूर्व पश्चिम राजमार्गमा निर्माणाधिन बाटोमा चाँईनिज क्याम्पको ना १ अ यो. ट्रकले (आयोनाको ट्रक) ब्याक गर्ने क्रममा पछाडि बाटो काट्दै गरेको साईकल यात्रीलाई चौधरीलाई ठक्कर दिँदा घट्ना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्याल महुलीले जनाएको छ । 

उता मृतकका आफन्त र स्थानिहरु १५० जनाको संख्यमा जम्मा भई तत्काल राजमार्ग बन्द गरेका थिए । प्रहरीले सम्झाई बुझाई गरी ४:५ बजे सडक पूर्णरूपमा सुचारु गरेको थियो । 

मृतकको शव कानुनि प्रकृया पुरा भई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी तर्फ पठाईएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

ठक्कर दिँने ट्रकलाई नियन्त्रणमा लिएको र फरार रहेका चालकको खोजी कार्य भईरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो ।

   

You cannot copy content of this page