पाँचथर, जेठ ३ गते । पाँचथर जिल्लाको फिदिम नगरपालिकामा एक ४ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छिन्।
फिदिम नगरपालिका वडा नं. १४ मा रहेको न्यू लुङ्हरूपा बोर्डिङ स्कुलको एल.के.जी. (L.K.G.) मा अध्ययनरत ४ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा सोही विद्यालयकी शिक्षिकालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं. १३ बस्ने सुबित्रा सेन्दाङ रहेकी छिन्। नाबालकमाथि कुटपिट भएको घटना सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
यस घटनाको थप विवरण आउन बाँकी छ।

















