कञ्चनरुप, ५ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आफ्नै आमाको हत्या प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर ३ नवनगर टोल बस्ने ३८ वर्षीय राजेश यादव रहेका छन्।
प्रहरीका अनुसार यादवले मिति २०८३ साल जेठ ३ गते राति करिब ११ः३० बजेको समयमा आफ्नै आमालाई फलामको चुलेसी र काठको डण्डा (लौरो) ले प्रहार गरी गम्भीर घाइते बनाएका थिए। आमालाई ज्यान मार्ने कोसिस गरेको भन्दै अमलेश कुमार यादवले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका यादवलाई ज्यान मार्ने उद्योग कसूर मुद्दामा आवश्यक अनुसन्धानका लागि सम्मानित सप्तरी जिल्ला अदालत राजविराजबाट जेठ ४ गतेदेखि लागू हुने गरी ४ (चार) दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












