कञ्चनरूप, ४ साउन । सप्तकोशी नदीमा पानीको बहाव यश वर्षकै उच्च अवस्थामा पुगेको छ । सोमबार दिउँसो ४ :३० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ४१ हजार ५ सय ९५ क्युसेक रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।
प्रशासनका अनुसार नदीमा पानीको बहाव अझ बढ्दो क्रममा रहेको छ । बहाव वृद्धि भइरहँदा खतराको संकेतस्वरूप कोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ भने पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्ये ३० वटा ढोका खुला गरिएको छ ।
सप्तकोसीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव नाघेपछि रातो बत्ती बाल्ने गरिएको छ ।
सप्तकोशीमा पानी बढेपछी कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ ।











