समाचार समाज

कञ्चनरूपमा छुट्टाछुट्टै स्थानमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला

कञ्चनरूप, ५ साउन । सप्तरीको कञ्चनरूप नगरपालिकामा मंगलबार बिहान छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। 

प्रहरीका अनुसार कञ्चनरूप नगरपालिका–२ महादेवपट्टिकी २८ वर्षीया आरती कुमारी राम आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी स्थानीय अनिलकुमार रामकी पत्नी हुन्।

यस्तै, कञ्चनरूप नगरपालिका–३ बरमझिया स्थित झुलुङ्गे पुलमा ३० वर्षीय भरत साह झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। भरत विगत तीन वर्षदेखि सोही क्षेत्रमा घरज्वाइँका रूपमा बस्दै आएका थिए। उनी नजिकै रहेको एक मल्टी रोल फार्ममा मजदुरी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ । दुवै शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुवै घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page