समाचार

कञ्चनरूपमा ‘आकाश सदा’ नाम बताउने ७ वर्षीय बालक फेला, आफन्त खोजीका लागि अनुरोध

कञ्चनरूप, १६ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित भित्री सडकखण्डमा करिब ७/८ वर्षीय एक बालक फेला परेका छन्।

मिति २०८३ भदौ १६ गते उक्त स्थानमा घरठेगाना नखुलेका ‘आकाश सदा’ नाम बताउने बालक घुमफिर गरिरहेको अवस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीलाई जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर बालकलाई उद्धार गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा ल्याएको थियो। हालसम्म बालकका आफन्त वा अभिभावक सम्पर्कमा नआएपछि प्रहरीले उनलाई कञ्चनरुप नगरपालिका–८, कञ्चनपुरस्थित सिर्जनात्मक महिला तथा बालबालिका सुरक्षित आवास गृह (Safe House) मा पठाएको जनाएको छ।

प्रहरीले बालकलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी हुने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

जानकारी भए जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुम: ९८५२८९०२७० वा इलाका प्रहरी कार्यालय कञ्चनपुर: ९८५२८९००५१ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

You cannot copy content of this page