बिराटनगर, १७ भदौ । मोरङमा सशस्त्र प्रहरी बलको टोलीले ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले २०८३ साल भदौ १६ गते विराटनगर महानगरपालिका–१६, दरैयास्थित कोलर चोकबाट गाडीसहित ५० किलो २५० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको गाडी जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको जनाइएको छ।
बरामद गरिएको गाँजासहितको गाडीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।















