कोशी प्रदेश समाचार

इटहरीबाट ५१ हजार घूससहित नेपाल विद्युत् प्राधिकरणका अधिकृत पक्राउ

सुनसरी । नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव रु ५१ हजार घूस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार रंगेहात नियन्त्रणमा लिएको हो।

सेवाग्राहीसँग नयाँ विद्युत् लाइन जडान गरिदिने बहानामा बार्गेनिङ गरी घूस मागिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले यादवलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो। उनलाई सुनसरीस्थित फ्युएल पेट्रोल पम्प नजिकै रहेको एक होटेलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

You cannot copy content of this page