समाचार

धनुषामा झाडीमा लुकाएर राखिएको १०८ किलो गाँजा बरामद

धनुषा, १८ भदौ । धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार २०८३ भदौ १८ गते राति करिब २:३० बजे उक्त स्थानमा लागूऔषध गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले सूचनाका आधारमा झाडीमा खोजतलास गर्दा प्लास्टिकमा बेरिएका ९ वटा पोकामा गाँजा फेला पारेको थियो। बरामद गाँजा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याई तौल गर्दा प्लास्टिकसहित १०९ किलो भएको प्रहरीले जनाएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको पुष्टि भएको हो।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा गाँजा ओसारपसारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page