कञ्चनरूप, ११ कात्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेज पुलबाट हाम फालेका दुई जनाको सकुशल उद्धार गरिएको छ।
२०८३ कात्तिक ११ गते साँझ करिब ६ः२५ बजे कोशी ब्यारेजको ४३ नम्बर ढोकाको दक्षिणतर्फबाट दुई जना हाम फालेको स्थानीयले देखेका थिए।
हाम फाल्नेमा भारतको सुपौल जिल्लाअन्तर्गत नदी थाना क्षेत्रको बरहडा ग्राम पञ्चायत, लालमनिया टोल निवासी २२ वर्षीय देवकान्त यादव र २१ वर्षीया पार्वती कुमारी साह रहेका छन्।
स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दुवै जनाको सकुशल उद्धार गरिएको हो।
उद्धारपछि दुवै जनालाई सशस्त्र सीमा बल (एसएसबी) को ४५औँ बटालियनको जिम्मा लगाइएको जनाइएको छ।
घटनाको कारणबारे भने प्राप्त विवरणमा खुलाइएको छैन।







