बिहीबार, २७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २७ कात्तिक २०८३
समाचार

सप्तरीको बलानमा खाल्डो खनेर लुकाइएको २३१ किलोबढी गाँजा बरामद

कञ्चनरूप, २६ कात्तिक । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचबाट प्रहरीले २३१ किलो ८०० ग्राम गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार बुधबार राति करिब १ बजे बलान खोलाको बीचमा खाल्डो खनेर गाँजा लुकाई राखिएको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो । सो क्रममा खाल्डोभित्र लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको हो ।
बरामद गरिएको गाँजाको तौल २३१ किलो ८०० ग्राम रहेको प्रहरीले जनाएको छ ।
गाँजा लुकाएर राख्ने कार्यमा संलग्न कुनै पनि व्यक्ति घटनास्थलमा फेला नपरेको प्रहरीले जनाएको छ । बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page