बिहीबार, २७ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २७ कात्तिक २०८३
समाचार

देउसी–भैलोमा अश्लील नृत्य गर्ने दुई महिला पक्राउ

रुपन्देही, २६ कात्तिक । देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारमा देउसी–भैलो कार्यक्रमका क्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी अश्लील नृत्य प्रदर्शन गरिएको थियो ।

घटनाबारे जानकारी पाएपछि बुधबार राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन् ।

उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साथै प्रहरीले परम्परागत देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत स्वेच्छाचारी तथा अमर्यादित तरिकाले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page