कञ्चनरूप, ९ मंसिर । सप्तरीमा जंगली हात्तीको आतंक बढ्दै गएको छ । हात्तीको आक्रमणबाट रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
मंगलबार राति बस्तीमा हात्ती प्रवेश गरेपछि घरनजिकै आगो बालेर बसेका श्रेष्ठमाथि हात्तीले एक्कासि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो एक सातादेखि हात्तीको ठूलो बथान सप्तरीका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रमा प्रवेश गरिरहेको छ । हात्तीको आवतजावत बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था सिर्जना भएको छ भने गाउँघरमा त्रास फैलिएको छ ।
यसअघि गत कात्तिक २९ गते सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको थियो ।
लगातार हात्तीको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि स्थानीयवासीले वन्यजन्तुको जोखिमबाट बस्ती सुरक्षित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।






