इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ होम्सस्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५२३७ नम्बरको बसले इटहरी उपमहानगरपालिका–२० तरहरा शान्ति टोल निवासी ८२ वर्षीय भीमबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका खत्रीलाई प्रहरी चौकी तरहराबाट खटिएको टोलीले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर पुर्याएको थियो।
अस्पताल पुर्याइएका खत्रीलाई चिकित्सकले शनिबार बिहान ६ बजेर २३ मिनेटमा मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बस र त्यसका चालक धनकुटा नगरपालिका–२ निवासी ५४ वर्षीय निरबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







