समाचार

कंकालिनी भगवती मन्दिरमा ७ सय ४४ वटा राँगा र २० हजार खसीबोकाको बलि दिइयो

सप्तरी । २०७८ सालको विजया दशमीको अवसरमा भक्तजनहरुले आफ्नो मनोकामना पुरा होस् भनि सप्तरीको भारदहस्थित कंकालिनी भगवती मन्दिरमा ७ सय ४४ वटा राँगाको बलि दिइएको छ ।
नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा यश वर्ष महानमवीका दिन ७ सय ४४ राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ ।
कंकालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म २० हजारको हाराहरीमा खसीबोकाको बलि दिइएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page