समाचार

सप्तरी कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु

सप्तरी । गाडीको ठक्करबाट सप्तरीमा एक निलगाईको मृत्यु भएको छ।
बुधवार विहान सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट निलगाईको मृत्यु भएको हो। निलगाई मृतावस्थामा फेला परेको थियो।
सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ। चालक गाडीसहित फरार छन्। चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ।

   

You cannot copy content of this page