समाचार

मन्त्री साहद्वारा मावि सितापुर भुर्कीलाई ५० लाख दिने उदघोष

बृजमान तामाङ /
विरेन्द्र वजार ,१९ कार्तिक ।
प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनता माध्यमिक विधालय सितापुर भुर्कीको भवन निर्माणका लागि ५० लाख सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छ्न ।
शुक्रबार विद्यालयको भौतिक पुर्वधारहरुको निरीक्षण गर्दै मन्त्री साहले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन । विधालयद्वारा आयोजित शुभ दिपावली, छठ,नेपाल सम्वत र समचकेवा पर्वको आबसरमा आयोजित शुभकामना आदानप्रदान तथा विधालय निरीक्षण कार्यक्रममा लाई सम्बोधन गर्दै मन्त्री साहले शिक्षा र स्वास्थ्यको विकासलाई आफुले प्रथामिकतामा राखेको वताए ।

शिक्षा र स्वास्थ्य विकासका प्रमुख आधार हुन, मन्त्री साहले भने, विकासका लागि सबैको शिक्षामा पहुँच हुन जरुरी छ, त्यसैले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छु । आफू वोल्ने भन्दा काम गर्ने मान्छे भएको उल्लेख गर्दै मन्त्री साहले विधालयको अधुरो भवन निर्माणका लागि ५० लाख सहयोग गर्ने उद्वघोष गरे ।
अग्नीसाईर कृष्णासवण गाउँपालिका अपेक्षित रुपले विकास हुन नसकेको चर्चा गर्दै मन्त्री साहले गाउँपालिकाको चौतर्फी विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुशेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रम जसपा नेता विकास तिवारी, अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति चौधरी, पुर्व प्रधानाध्यापक महावीर प्रसाद चौधरी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।

शिक्षक श्याम कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक दुर्गानन्द चौधरीले गरे । यस आघी मन्त्री साहले विधालयको निर्माणधिन अधुरो भवन तथा प्राविधिक ल्यावहरुको निरीक्षण गरेका थिए ।
मन्त्री साहले अग्निसाईर कृष्णासवरन गाउँपालिका २ मा अबस्थित एतिहासिक अग्निसाईर मन्दिरको समेत दर्शन तथा अवलोकन गर्दै मन्दिरको बिकास बारे जानकारी लिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page