समाचार

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको भव्य तयारी,नारायणी नदी किनारमा पाँच लाख बढी जनसागर उर्लिने

डम्बर राई /
कञ्चनरुप (सप्तरी), मंसीर १ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि सबै संगठनबाट भव्यरुपमा तयारी भइरहेको छ । दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त पारौं भन्ने मुल नाराका साथ चितवनमा मंसीर १० गते देखि १२ गतेसम्म हुन गइरहेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्नका लागि सात सय ५३ वटै पालिकाबाट प्रतिनिधी छनौट गर्ने कार्य लगभग टुङ्गिसकेको जानकारी रहेको छ ।
लाखौंको संख्यामा कार्यकर्ताहरु महाधिवेशनमा उतार्न प्रदेश कमिटी, जिल्ला कमिटीहरु धमाधम कार्य विस्तारमा जुटीसकेका छन् । यसै सन्दर्भमा प्रदेश नम्वर २ ले पनि मंगलवार महोत्तरीको बर्दिवासमा प्रदेश स्तरीय भेलाको कार्यक्रम सम्पन्न गरेका छन् । सम्पन्न भेलाको निर्णयानुसार, यस प्र्रदेशबाट एक लाख कार्यकर्ता चितवनमा उतार्ने भएको छ ।

पार्टी संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य विष्णु पौडेलले भेलालाई सम्वोधन गर्नुहुदै भन्नुभयो, पार्टीलाई एकताबद्घ, सुदृढ, व्यापक जनआधारित वनाउँनका साथसाथै आगामी निर्वाचनमा पार्टी बहुमत प्राप्त पहिलो शक्तिको रुपमा स्थापित हुनेछ । दक्षिणपंथी अवसरवादी गठबन्धन र त्यसले सञ्चालन गरेको सरकारको गलत कामको विरोध गर्ने, राष्ट्रियताको सुदृढिकरण एवं राष्ट्रिय हितको रक्षा र स्वभिमान अभिवृद्वि गर्ने साथै लोकतन्त्रको सुदृढिकरणसंगसंगै संविधानको रक्षा र विकास एवं राजनीतिक स्थायित्वको सम्बर्धन लगायतका कार्यमा पार्टीको दशौं महाधिवेशनमा पास हुने नेता पौडेलले बताउँनु भयो ।
उहाँले विधान महाधिवेशनबाट सकरात्मक सोंच र रचनात्मक व्यवहारको विकास एवं विधिसम्मत पार्टी संचालन लगायतका धेरै कार्य व्यवस्थापन पक्ष पास भइसकेको र कार्य संचालनमा पनि आइसकेको जानकारी दिनुभयो ।

यसैगरी पार्टी स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सह संयोजक सुरेन्द्र प्रसाद पाण्डेले विधान महाधिवेशनले पार्टीको सबै कार्यव्यवस्था सुदृढिकरण निर्माण गरीसकेको जानकारी दिदै भन्नुभयो, अब राष्ट्रिय महाधिवेशनले जिम्मेवारीको मात्र टुङ्गो लगाउँने छ । नेकपा एमालेको विशाल जनसागरलाई चितवनको नारायणी नदीको किनारमा प्रदर्शन गराउने मात्र नभई त्यहिबाट बहुमतको सरकार एमालेको बन्ने उदघोष गरिनेछ ।
उहाँले २०७८ असोज १५ देखी १७ गतेमा सम्पन्न विधान महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठानात्मक प्रस्ताव र विधान पारित गरिसकेको प्रष्ट्याउनु भयो ।

ज्वाला कुमारी साहको अध्यक्षतामा आयोजित भेलामा स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य एवं प्रदेश २ का पूर्व इन्चार्ज सत्य नारायण मण्डलले दशौं राष्ट्रिय महाधिवेशन नयाँ सोंच र विचारबाट हुने भएकोले एमालेमा अब शक्तिको उर्जा थपिने बताउनु भयो ।
विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थानुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित पाँचजना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सातजना सचिव गरी १५ जना पदाधिकारीहरु सहितको २ सय २५ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गर्नेछ र एक तिहाई महिला सहित नेपालको सामाजिक र वर्गिय विविधताको प्रतिनिधित्व हुनेगरी केन्द्रिय कमिटी समावेशी हुनेछ ।
यस्तैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रिय लेखा आयोगको पनि चयन गर्ने जनाइएको छ । नेतृत्व निर्वाचनको कार्य इलेक्ट्रोनिक भोटिङ्गको प्रयोग गरिनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page