समाचार

राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम आजदेखि सुरु

राजविराज , मंसिर १४ गते । राजबिराज जेसिसको आजदेखि सप्ताहव्यापि कार्यक्रम सुरु भएको छ । राजबिराज जेसिस सप्ताह कार्यक्रम अन्तर्गत आज (मंगलवार) पहिलो दिन जेसिसभवन परिसरमा सरसफाइ र बृक्षारोपण गरिएको छ ।
राजबिराज जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको अध्यक्षता तथा निवर्तमान अध्यक्ष नानिमैया कटवाल लगायत सम्पुर्ण जेसिस सदस्यहरुको उपस्थितिमा जेसिस सप्ताह सुरु भएको हो ।

साप्ताहिक कार्यक्रमको दोस्रो दिन नगर भित्रका फोहोर प्लाष्टिकको बोतल संकलन, तेस्रो दिन पाठ्यपुस्तक सामाग्री बितरण, चौथो दिन गजेन्द्र चोकमा सेनेटरी प्याड बितरण, पाँचौ दिन जेसिस भवनमा योग शिबिर संचालन, छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना, सातौ दिन अन्तर बिधालय बादविबाद प्रतियोगिता हुने कार्यक्रम मुल संयोजक रवी रायले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page