समाचार

धर्म परिवर्तन गराउने पाश्चरलाई दुई वर्ष कैद सजाय, २० हजार जरिवाना

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक जना पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ।
पास्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो।
मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले आचार्यका हकमा यस्तो सजाय सुनाएको अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायका जनाए। उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाएको उपाध्यायले जानकारी दिए ।
उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । मुलुकी अपराध संहिताको दफा १५८ को ९१० मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।
पाश्चर आचार्यले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोप लागेको थियो । सोही आरापका आधारमा प्रहरीले गत वर्ष चैत ११ गते उनलाई पोखराबाट पक्राउ गरेको थियो ।
‘यशुले कोरोना भाइरस निको पारिदिन्छन’ भन्दै आचार्यले अफवाह फैलाएको आरोप थियो । उनले त्यो सूचनाको भिडियो वनाएर सामाजिक सञ्जालमा समेत हालेका थिए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page