साहित्य / लेख रचना

लघुकथा – “पासपोर्ट संगको बिहे” -कृष्ण तिमिल्सिना

“हामी युरोप जाउन हुन्न”
म केही बोलिन।
“नत्र अमेरिका अष्ट्रेलिया !”
उसले फेरि सोधेकी थिई।
“ठिकै छ नेपाल मै बसौ।तपाईं नी खरिदारबाट अधिकृत बन्नु मनी जागिरे हुन्छु।राम्रो हुन्छ यही।”
मेरो मौनतालाई नै जवाफ ठानेर उसले जवाफ फर्काएकी थिई।
मास्टर गर्दै गरेको म चार बिस लागेको थिए भने ऊ भर्खर डिप्लोमा सकेर बसेकी अठार वर्षीय युवती।
एक वर्ष अगाडि खरिदार बन्दा म भन्दा बढी खुसी हुने ऊ नै थिई।मलाई लाग्थो यो चार वर्षको प्रेम सात जुनी अगी देखिको हो।
हरेक दिन भेट नभएतापनि अथाह प्रेम थियो हामी बिच। ऊ पनि निक्कै गम्भिर स्वभावकी लाग्ने गर्थ्यो मलाई।बरु डिप्लोमा सकेपछि एकाध सम्बन्ध जोड़ें मैले तर उसको किशोरावस्थाकै पहिलो प्रेम मै थिए।
विदेश जाने कुरा गरेको एक हप्ता पछि भेट्न निक्कै जिद्दी गरी उसले।केटीको स्वभाव नै जिद्दी हुन्छ भन्ने सोचेर एक दिनको बिदा लिएर उसलाई भेट्न गए।
भेट हुने बित्तिकै उसले सोधीहाली
“साच्चै ! तपाईं विदेश नजाने”
म चुपचाप बसिरहे।
“नजाने हो भने भन्नु नजाने हो भने पनि भन्नु”
उसले फेरि प्रश्न गरी। म जवाफहिन थिए।
“तपाईंको नजाने सोच नै रहेछ त्यसो भए हैन तरुठिक छ नजानु म चाई जान्छु।”
अरे कसरी जान्छौ भन्ने सोध्न नपाउँदै फेरि भनी
“मलाई अष्ट्रेलियाको केटा माग्न आएको छ।तपाईं जानु हुन्छ भने भन्ने भन्नु नत्र त्यही संग बिहे गर्छु मत”
त्यति सुनेपछि त्यहाँ बस्नु उचित लागेन र हिँडे छुटिनु अगी भन्न त धेरै मन थियो तर मुखबाट “हुन्छ जाऊ पासपोर्ट संग बिहे गरेरनिस्कियो।
– कृष्ण तिमिल्सिना
कंचनरुप नगरपालिका सप्तरी

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page