राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा मण्डलका दुईवटा दाँत भाँचिएका छन् । मंगलवार दिउँसो करिव ३ बजे कार्यपालिकाको बैठकमा गहुँको विउ वितरण गर्ने विषयमा विवाद हुँदा दुई जनाविच कुटाकुट भएको हो । उपाध्यक्ष मण्डलले अपशब्द प्रयोग गर्दै अध्यक्षमाथि जाईलागेपछि दुवै जना आपसमा भिडेका थिए । छलफलकै क्रममा विवाद वढेपछि अध्यक्ष र उपाध्यक्षबीच हानाहान भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले वताए ।‘समान्य छलफलकै क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भयो’ उनले भने–‘मिनटमै कुटाकुट भयो, हामी हेरेका हेरै भयो। एकछिन पछि हेर्दात अध्यक्ष ज्यूको दुईटा दाँत भुईमा रहेछ।’ उपाध्यक्ष मण्डलले पनि गहुँको विउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अपशब्द प्रयोग भएको र अध्यक्षलाई कुर्सी उठाएर ताकेको स्विकार गरेकी छिन् । ‘अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र सोही क्रममा मैले कुर्सी पनि उठाए’ उनले भनिन–‘तर वहाँको दाँत झरेको कुरा मलाई थाहा छैन।’
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट ,अध्यक्ष मण्डलको दुईवटा दाँत भाँचियो
२१ मंसिर २०७८, मंगलवार २२:४४
549 Views
-
Share This!
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
धर्म संस्कृति • समाचार • समाज
कञ्चनरूपसहित सप्तरी जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ (तस्बिरहरूसहित)
२२ कार्तिक २०८१, बिहीबार २०:५८
समाचार
सप्तरी प्रहरीद्वारा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
२० कार्तिक २०८१, मंगलवार १८:२८
Recent Posts
- सप्तरी प्रहरीद्वारा विभिन्न ब्राण्डका प्रतिबन्धित पटका नष्ट
- कास्कीबाट लागूऔषध सहित ४ जना पक्राउ
- प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गयो
- दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
- कञ्चनरूपसहित सप्तरी जिल्लामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ (तस्बिरहरूसहित)
- रंगेलीमा पर्खालले किचेर २ वर्षीया बालिकाको मृत्यु
- आज छठ पर्वको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै
Add Comment