स्वास्थ्य

आज २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि , ३ सय ७ संक्रमित निको

काठमाडौँ । नेपालमा आज २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ७८ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप ३ सय ७ संक्रमित निको भएका छन् ।
आज १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५३ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page