स्वास्थ्य

२४ घण्टामा देशभर २ सय ८० जनामा कोरोना सङ्क्रमण , ६ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ९ सय ९४ नमुनाको परीक्षण गर्दा २ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ३ सय जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ९७.९ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
आज थप ६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ६५ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page