स्वास्थ्य

आज थप २ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप २ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा २ सय २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थप २ सय ५३ जना सङ्क्रमित निको भएका छन्। हालसम्म ९८ प्रतिशत सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।
आज थप २ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९० पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page