समाचार

नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अशोक साहको नेतृत्वमा २५ सदस्यीय समिति गठन

कञ्चनरुप, १९ पुष । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको दोस्रो सप्तरी जिल्ला अधिवेशन कञ्चनरुपमा भव्यताका साथ सम्पन्न भएको छ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा रहेको फूलवारी पार्टी प्यालेस तथा होटेलमा सम्पन्न जिल्ला अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला सह इन्चार्ज,अखिल नेपाल किसान संघका केन्द्रिय सचिव तथा प्रतिनिधि सभा सदस्य सरिता गिरी यादवले प्रमुख अतिथिको आसन्नबाट बोल्दै नेकपा एमाले पार्टीको एक पालिका एक उद्यौगीक करिडोरको निति रहेको बताउनु भयो ।
उहाँले नेपाली कांग्रेसले गर्दा बिराटनगर जुट मिल,जनकपुर चुरोट कारखाना लगायत सरकारी अनुदानमा सञ्चालित देशका ठूलो उद्योगहरु बन्द रहेको ले निजि उद्योगीहरुको मनपरि तन्त्रले गर्दा देशका सम्पुर्ण जनता निकै नै मारमा परेको बताउनु भयो।

देशमा नेपाली कांग्रेसले लामो समय एकक्षत्र शासन गरेकोले यहाँका सर्वहारा वर्ग,दलित ,गरिब,पिछडिएको वर्ग ,आदिवासी ,जनजाती ,महिलाहरूको अवस्थामा केही पनि सुधार नभएको भन्दै नेकपा एमालेको मनमोहन अधिकारीको अल्पमतको सरकारले पहिलोपटक रु. १ सय बाट वृद्ध भत्ताको सुरुवात गरेको हुँदा आज मासिक ४ हजार पुगेको तथा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुले पोषण भत्ता पाईरहेको पनि एमालेले गर्दा हो भन्नुभयो ।
त्यस्तै एमाले प्रदेश कमिटी सदस्य तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एमालेको लोकप्रिय बिकासका काम तथा योजना देखेर सबै पार्टी तर्सिएको बताउनु भयो।

त्यस्तै प्रदेश कमिटी सदस्य तथा सप्तकोसी नगरपालिका का प्रमुख उत्तम कुमार गौतमले माधवकुमार नेपाल र प्रचण्डहरु कम्युनिस्ट नभएको बताउनु भयो ।
अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य ,नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघका सप्तरी अध्यक्ष तथा नेकपा एमालेका सप्तरी जिल्ला सदस्य संजय कुमार पासवान, प्रदेश कमिटी सदस्यद्वय सुरेशकुमार सिंह र मो. कलिम राईन, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष राजाराम यादव, एमालेका सप्तरी सचिव देवनाथ यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर २ का संयोजक पञ्चदेब खंग मन्डलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वाणिज्य संघका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज केवल खत्रीले दिनुभएको थियो भने कार्यक्रम संचालन वाणिज्य संघका केन्द्रिय सदस्य तथा सप्तरी सह इन्चार्ज मन्नु कुमार पासवानले गर्नुभएको थियो ।
त्यस्तै सोही दिन सम्पन्न बन्द सत्रले बरमझियाका व्यबसायी अशोक साहको नेतृत्वमा २५ सदस्यीय नेपाल राष्ट्रिय वाणिज्य संघ सप्तरीको जिल्ला कार्यसमिति गठन गरेको छ।

नवगठित जिल्ला समितिको उपाध्यक्षमा राजबिराजका दिनेश प्रसाद यादव, सबुतर चौधरी ,सचिवमा महुलीका उज्ज्वल अधिकारी र मो. जाकिर शेख तथा कोषाध्यक्षमा कंचनपुरका राम कृष्ण स्वर्णकार (भैरव) चयन हुनुभएको छ ।
नवनिर्वाचित जिल्लाका पदाधिकारी लगायत सम्पूर्ण सदस्यलाई निर्वाचन अधिकृत कानुन व्यवसायी समेत रहेका सुरेशकुमार सिंहले प्रमुख अतिथि गिरीको रोहवरमा सपथग्रहण गराउनु भएको छ ।

   

You cannot copy content of this page