समाचार

पत्रकार यादवको घरमा आगजनी गर्नेमाथी कडा कारबाहीको माँग

राजविराज, २१ पुस । प्रेस मंच नेपाल सप्तरीले प्रदेश २ का प्रेस मंचका अध्यक्ष सुरेश कुमार यादवको घरमा आगजनी गर्नेमाथि कडा कारबाहीको माँग गरेको छ ।
प्रेस मंच नेपाल सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञाप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीमाथी हदैसम्मको कारबाहीको माँग गरेको हो ।
प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञाप्तिमा पत्रकार यादवको घरमा भएको आगजनीको घटनाको खबरले सिंगो संगठनलाई अत्यन्तै दुखित तुल्याको जनाएको छ ।

समग्र सुरक्षा व्यबस्थालाई नै चुनौती दिने गरि अज्ञात समुहद्वारा दिन दाहाडै आगजनी गरिएको छ, अध्यक्ष तामाङद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, घटनाको सत्यतथ्य छानवीन गरि यस्ता जघन्य अपराध एवं अराजक क्रियाकलापमा संलग्नलाई पक्राउ गरि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सरकार र स्थानीय प्रशासनसंग जोडदार माँग गर्दछु । धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित गोदारको सखवनी टोलमा अबस्थित पत्रकार यादवको घरमा मंगलबार विहान ११ बजेको समयमा अज्ञात समुहद्वरा आगजनी गर्दा लाखौको क्षति भएको छ ।

आमालाई उपचार गर्ने क्रममा जनकपुरमा रहेको बेला घरमा कोहि नभएको मौका छोपी आगजनी हुँदा घर सहित नगद, लत्ताकपडा, अन्नापात, फर्निचर लगायतका सम्पुर्ण सामान पुर्णरुपले जलेर नष्ट भएको पत्रकार यादवले जानकारी गराउनुभयो । पत्रकार यादवको नेतृत्वमा धनुषाको सबेला नगरपालिकामा भ्रष्टाचार विरुद्ध अभियान संचालन भएको थियो । नगरपालिकाले सूचना दिन आलटाल गरेको विरुद्धमा महिनौसम्म नगरपालिकामा अनशन बसेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page