समाचार

प्रदेश २ की राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना, ६ जना घाइते

सप्तरी, २१ पुस । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधबार साँझ सप्तरीको छिनमस्ता गाउँपालिका १ मा दुर्घटना भएको छ । दुर्घटनामा मन्त्रीसहित ६ जना घाइते भएका छन् ।
गाडीमा सवार राज्यमन्त्री कर्ण, सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० वर्षीय ध्रुब मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ वर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ मा एक महिनाअघि अज्ञात समूहबाट हत्या गरिएका मुक्ति मण्डलको परिवारलाई भेटेर फर्किने क्रममा गाडी दुर्घटना भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page