राजनीति

माओवादीका संयोजक, गाबिसका पूर्व उपाध्यक्ष,समाजबादी फोरम क्षेत्रीय सदस्य लगायत सयौं एमालेमा प्रवेश

उत्तम आचार्य
कञ्चनरुप(सप्तरी), २२ पुष ।
नेकपा एमाले यति खेर जिल्ला अधिवेशनमा र जन संगठनको अधिवेशन गराउँनेसँगै पार्टी प्रवेश गराउने अभियानमा व्यस्त छ ।
पार्टीमा नयाँ सोच विचार र संगठन सुदृढिकरण गर्ने कार्य तिब्र गतिमा अघि बढ्दै गरेको हुँदा यसको जानकारी तल्लो निकायसम्मका कार्यकर्तालाई गराउँदै संगठनलाई कसरी चुस्तदुरुस्त बनाउने र जिम्मेवारीका विषयमा प्रशिक्षणका कार्यक्रमहरु पनि भइरहेका छन् ।
सोही अनुरुप नेकपा माओवादी केन्द्र कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का संयोजक मो. रुकमान लगायत उनको नेतृत्वमा सयौंको संख्यामा माओवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार रुपनगर स्थित एमाले नेता सुमनराज प्याकुरेलको निवाशमा एक कार्यक्रम बीच मो. रुकमान लगायतका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी पार्टीले देश र जनताको हितमा काम गर्न नसक्ने र नेकपा एमाले र एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्र राष्ट्र र नेपाली जनताको हितमा काम गर्ने भएकाले आफू लगायत माओवादी नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको मो. रुकमानले बताउनुभयो ।
त्यसैगरी रुपनगर गाबिसका पूर्व उपाध्यक्ष भुवनेश्वर यादव , समाजबादी फोरमका क्षेत्रीय सदस्य राजकुमार महतो , पूर्व इनिस्पेक्टर दुखन यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौंको सख्यामा एमाले प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल , केन्द्रिय सदस्य राजकुमार लेखी ,प्रदेश कमिटी सदस्य एवं नगर प्रमुख बसन्त कुमार मिश्र , प्रदेश कमिटी सदस्य मो. कलिम लगायतका नेताहरूले टिका लगाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।

पार्टीमा प्रवेश गरेपछि रुपनगर गाबिसका पूर्व उपाध्यक्ष भुवनेश्वर यादवले अब यो देशमा नेकपा एमालेले मात्र बिकास र समृद्धि ल्याउने भएको र अरु पार्टीहरुले जनताहरु धोका दिने काम मात्र गर्ने भएकाले आफूहरु नेकपा एमालेमा प्रवेश गरेको बताउनु भयो ।
एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभा संसदिय दलका नेता सुमनराज प्याकुरेलले पार्टी प्रवेश गर्नेहरुलाई अबिर लगाई गम्छा ओढाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।
सो अवसरमा नेता प्याकुरेलले एमाले राष्ट्रको शाक्तिशाली पार्टी रहेको चर्चा गर्दै अब आउने चुनावमा एक्लै बहुमत ल्याउने दाबी समेत गर्नुभयो । नेकपा एमाले देशको पुरानो पार्टी भएकाले हरेक जातजाती र भाषाभाषीको हृदयमा बसेको पार्टी भएको उहाँले बताउनुभयो ।

त्यसैगरी प्रदेश कमिटी सदस्य एवम् कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र, प्रदेश कमिटी सदस्य मो. कलिम लगायतका नेताहरुले एमालेका नेता तथा कार्यकर्ताहरु इमान्दारीपूर्वक लागेका र अब आउने चुनावमा एमालेको स्पष्ट बहुमत आउने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्यहरु, इलाका कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page