समाचार

BREAKING NEWS : माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको अवस्थालाई मध्यनजर गर्दै मुलुकभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने निर्णय पनि गरिएको छ ।
नेपालमा पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page