समाचार

आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, १० वर्षमुनिका ४० जना बालबालिका संक्रमित

काठमाडौँ । नेपालमा आज एकै दिन २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज ३ सय १३ जना सङ्क्रमणमुक्त भएका छन् ।
सङ्क्रमणबाट आज १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट हालसम्म ११ हजार ६ सय ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभर ९ हजार ५ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज १० वर्षमुनिका ४० जना बालबालिका कोरोनाबाट संक्रमित बनेका छन् । ११ देखि २० वर्ष मुनीका उमेर समूहका १ सय ७५ जना संक्रमित बनेका छन् । सबैभन्दा धेरै संक्रमित हुने उमेर समूह २१ देखि ३० वर्षका ६ सय ३६ जना रहेका छन् ।

   

You cannot copy content of this page