समाचार

दलित परिवारलाई दुई सय तीस वटा उन्नत जातको बंगुरको पाठापाठी वितरण

कञ्चनरूप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाका एक सय पन्ध्र दलित परिवारको आयआर्जन बृद्धि गर्न उन्नत जातको बंगुरको पाठापाठी वितरण गरिएको छ ।
दलित जनजाती उत्थान केन्द्र कलैया बाराको आयोजनामा तथा युएनडिपी र युएनडब्लु ओएमइएनको सहयोगमा बुधवार कञ्चनरुप नगरपालिका वडा नं. ४ र ५ का एक सय पन्ध्र जना दलितलाई २ सय ३० वटा उन्नत जातका बंगुरको पाठापाठी वितरण गरिएको हो ।
सो कार्यक्रमा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले दलितहरुको आयआर्जजनमा बृद्धि गरी घरमा आर्थिक सुधार ल्याउने उदेश्यका साँथ उन्नत जातको बैगुर वितरण गरिएको बताउनु भयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष राम नारायण प्रसाद साह, युएनडिपीका प्रदेश नम्बर २ का संयोजक घनबहादुर चन्द, युएनडब्लु ओएमइएनका प्रोग्रामर एशोसिएट विपुल झा लगायतका वक्ताहरुले दलितहरु अब पछाडि पर्ने होइन् आयआर्जनमा बृद्धि गरी घरको आर्थिक सुधार गरी आफ्नो बालबालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउनु पर्ने बताउनु भयो ।
वडा नम्बर ४ जगतपुरमा ५२ जना र वडा नम्बर ५ मा ६३ जना गरी जम्मा १ सय १५ जना दलित परिवारलाई दुई वटाको दरले उन्नत जातका बंगुरका पाठापाठी वितरण गरिएको दलित जनजाति उत्थान केन्द्रका कार्यक्रम निर्देशक ओम प्रकाश ठाकुरले बताउनु भयो । वितरण गरिएको बंगुर ८ महिनामा ८० किलो हुने ठाकुरले जानकारी दिनुभयो ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा बंगुर वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page