समाचार

प्रेस चौतारी नेपालको पोखरामा हुने नवौँ राष्ट्रिय महाधिवेशन स्थगन

सप्तरी । प्रेस चौतारी नेपालको यही माघ २२-२३ गते पोखरामा हुने नवौँ राष्ट्रिय महाधिवेशन स्वास्थ्य जोखिमका कारण स्थगन भएको छ ।
लुम्बिनीमा गत पुस १२-१३ गते सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए। संगठनका सबै साथीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो पेसागत काम गर्न र सबै कमिटीहरुलाई दैनिक गतिविधि अघि बढाउन पनि आग्रह गरेका छन् ।

   

You cannot copy content of this page