राजनीति

जनता समाजवादी पार्टी सप्तरीको नवगठित समितिद्वारा सपथ ग्रहण ,संघीयता प्रणालीलाई असफल पार्ने खेल हुँदैछ: सुमन

बृजमान तामाङ /
राजविराज, १० माघ ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला समवन्य समिति सप्तरीको नवगठित जिल्ला कार्य समितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षता तथा केन्द्रिय कार्यकारिणी समिति सदस्य मनिष सुमनको प्रमुख आतिथ्य एवम् मधेश प्रदेश समितिका अध्यक्ष रामबाबू कुमार यादवको विशिष्ट आतिथ्यमा राजविराजमा सोमबार आयोजित एक समारोहका बीच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका नवगठित कार्य समितिलाई प्रदेश अध्यक्ष यादवले सपथ ग्रहण गराएका छन् । नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि कार्यकारिणी समिति सदस्य सुमनले संघीय प्रणालीलाई असफल पार्ने खेल भईरहेको बताए । मधेश विद्रोह तथा विभिन्न पहिचान जनित आन्दोलनमा जनताले बलिदानी दिएर ल्याएको संघीय प्रणालीलाई असफल पार्ने षड्यन्त्र भईरहेको छ, सुमनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा पहिचान विरोधीहरु सक्रिय छन्, उनले थपे, मधेशमा भ्रम छरेर संघीयताको जननी उपेन्द्र यादवलाई बद्नाम गरेर राजनीति गर्ने विरुद्ध अग्रसर हुन आबश्यक छ ।

पार्टीका मन्त्री नेताहरूमाथि योजनाबद्ध तरिकाले बद्नाम गर्नेहरु सक्रिय रहेको चर्चा गर्दै सुवनले जनताको त्याग बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका एकबद्ध हुन आग्रह गरे । मधेश प्रदेश समिति अध्यक्ष यादवले पहिचान विरोधी केही शक्तिहरु एमालेसँग मिलेर पार्टीलाई घेराबन्दी गर्न लागेको बताए । जसपाको लोकप्रियता देखेर लोसपा र जनमत पार्टी पहिचान विरोधी एमालेसँग साँठगाँठ गरी बद्नाम गर्ने पक्षमा रहेको आरोप लगाउँदै यादवले उनीहरुको षड्यन्त्रलाई सफल हुन नदिन नेताकार्यकर्तालाई आग्रह गरे ।
मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग राजनीति सिद्धान्त नरहेको बताए । उनले जनमत पार्टी राजनीतिमा कहिल्यै सफल हुन नसक्ने दावी गर्दै लाठी, भाँटाको राजनीति छोडेर चुनावी मैदानमा आएर लड्न चुनौती दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विकास तिवारी, कल्पना चौधरी, नरेन्द्र यादव, मधेश प्रदेश समिति सदस्यहरु शिवशंकर यादव, भिम बहादुर तामाङ, सुर्जित सिंह गुड्डु, राधेश्याम पंडित, सरिता सिपलिया यादव, जसपा नेता एवम् बलान विहुल गाउँपालिका अध्यक्ष दयानन्द गोईतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

जनता समाजवादी पार्टी जिल्ला समवन्य समिति सप्तरीका उप–सचिव शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष हरेराम यादवले गरे । गत मंसिर २६ गते पूर्व समाजवादी पार्टी र पूर्व राजपाका जिल्ला समिति समायोजन गरी केदार प्रसाद यादवको अध्यक्षतामा १ सय ४४ सदस्य जिल्ला समवन्य समिति सप्तरी गठन भएको थियो ।
गठित समितिको उपाध्यक्षहरुमा हरेराम यादव, उमेश प्रसाद यादव, अब्दुल गुसेन हक, सचिवमा हरेराम यादव, उप–सचिवहरुमा निलेश कुमार झा, शम्भु कुमार यादव, रामचन्द्र साह र कोषाध्यक्षमा बृजमान तामाङ चयन भएका छन् ।

यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा चित्तरंजन यादव, निरज मुक्ति झा, रामेश्वर कौडगिया यादव, राजेश्वर प्रसाद राय, विरेन्द्र माझी, कामेश्वर यादव, दिप नारायण यादव, सुचिता कुमारी यादव, सत्य नारायण मुखिया, मनोज कुमार यादव, लक्ष्मण यादव, त्रिलोकिनाथ चौधरी, दयानन्द गोईत सुनित कुमार यादव, विनोद चौधरी रामजी यादव लगायतका छन् ।
जनता समाजवादी पार्टीको १ सय ४४ सदस्य जिल्ला समिति गठन भएको जिल्ला अध्यक्ष यादवले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page