समाचार

राजविराज जेसीजको आफ्नो वेवसाइट सुरु

सप्तरी, १२ माघ । राजविराज जेसीजले आफ्नो वेवसाइट सुरु गरेको छ ।
राजविराज जेसीज भवनमा आयोजित ४७ औं पदस्थापन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्दप्रसाद सिंहले क्लिक गरेर वेवसाइट शुभारम्भ गर्नुभयो ।
दुई वर्ष अघि नै वेवसाइट बनाउने र क्रियाकलाप पेपरलेस बनाउँदै लैजाने निर्णय भएकोमा हालै मात्रै वेवसाइटको निर्माण कार्य पूरा भएको महासचिव विप्लब आनन्दले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले परिवर्तनको लागि गरिएका हरेक कार्यहरुको संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेवारी भएको बताउनु भयो । इतिहासको संरक्षणले अघिल्लो पुस्ताको सम्मानका साथै भविष्यमा फाइदा हुने बताउनु हुँदै सिंहले नयाँ इतिहास कायम गर्न शुभकामना दिनुभयो ।
राजविराज जेसीजका पूर्व अध्यक्ष एवम् इन्सेक प्रतिनिधि मनोहर पोखरेलले युवाहरुलाई उपयुक्त अवसर उपलब्ध गराई अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने र सक्षम बनाई असल नागरिक बनाउने दायित्व जेसीजले पुरा गर्दै जानुपर्ने बताउनु भयो ।
राजविराज जेसीजका पूर्व अध्यक्ष सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले समाजलाई समृद्ध गर्ने उद्देश्यले ४७ वर्ष अघि स्थापना भएको राजविराज जेसीजका सदस्यहरुले आफ्नो भूमिका र महत्व पुष्टि गर्नुपर्ने बताउनु भयो ।
नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा पदास्थापन कार्यक्रममा निर्वाचन संयोजक राजविराज जेसीज २०२० का अध्यक्ष पुनम पोखरेलले अध्यक्षमा राजेश मण्डल, कार्यकारी उपाध्यक्षहरुमा मनिष दास, पंकज देव तथा उपाध्यक्षहरुमा विक्रम काबरा, रवि राय, सुनित मुन्ना र सौरभ झा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
त्यस्तै कार्यसमितिको कानुनी सल्लाहकारमा उज्जवल काबरा, महासचिवमा विप्लब आनन्द र कोषाध्यक्षमा रञ्जना चौधरी तथा सल्लाहकारमा मनोहर पोखरेल र सन्तोष सिन्हालाई मनोनयन गरिएको छ ।
राजविराज जेसीज २०२१ का अध्यक्ष सिद्धार्थ तातेडको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरु कारी मण्डल, उमेश दाहाल, देबेन्द्र देवकोटा, अनन्त साह, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देव, संजय दास, सानीमा बैंक राजविराजका प्रबन्धक प्रसन्न गजुरेल, प्रधानाध्यापक गणेशकुमार दास, नेपाल रेडक्रस सोसाइटी सप्तरीका संजोग देवलगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page