समाचार

सप्तरी प्रशासनद्वारा शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश जारी

कञ्चनरुप, १७ माघ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश जारी गरेको छ ।
जारी आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा २०७८ माघ मसान्तसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनिएको छ । शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर सञ्चालन गर्न भनिएको छ ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सोमवार जारी गरेको आदेशमा सबै खाले परीक्षाहरु सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालन गरी सञ्चालन गर्न भनिएको छ ।
सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लव, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य प्रकारका कार्यक्रम पनि माघ मसान्तसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page