राजविराज, १७ माघ । जनता समाजवादी पार्टी सप्तरीले पूर्व जिविस उप-सभापति एवम जसपा नेता भुपेन्द्र प्रसाद चौधरीको निधनप्रति शोक व्यक्त गरेको छ ।
जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले एक शोक बक्तब्य व्यक्त गर्दै नेता चौधरीको निधनप्रति शोक व्यक्त गरेका हुन ।
अनगिसाईर कृष्णासवरन गाउँपालिका ५ बकधुवा निवासी जनता समाजवादी पार्टीका नेता एवम पुर्व जिविस उपसभापति भुपेन्द्र प्रसाद चौधरीको ७५ बर्षको उमेरमा असमायिक निधनको खबरले अत्यन्तै दुखित तुल्याएको छ, अध्यक्ष यादवद्वारा जारी शोक बक्तब्यमा भनिएको छ, स्वर्गीय नेता चौधरीको आत्माको चिर शान्तिको कामाना गर्दै शोककाकुल परिवार प्रती धर्यधारण गर्दे शक्ति प्रदान होस भनी ईश्वरसंग प्रथाना गर्दछु ।
बक्तव्यमा चौधरीको निधनले पार्टीलाई अपुरणिय क्षति भएको भन्दै गहिरो दुख व्यक्त गरिएको छ । पार्टीको हरेक गतिविधिमा सक्रिय स्वर्गीय चौधरीको निधनले सिंगो पार्टीलाई ठूलो क्षति पुगेका छ, शोक बक्तब्यमा भनिएको छ, दुखको यस घडीमा नेता चौधरीको आत्माको चिरशान्तिको कामाना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेता चौधरीको सोमबार विहान साढे सात बजे आफ्नै निवासमा निधन भएको थियोे ।
जसपा सप्तरीद्वारा पूर्व जिविस उपसभापति चौधरीको निधनप्रति शोक व्यक्त
















Add Comment