राजनीति

देशको विकास तथा जनताको आर्थिक समृद्धि गर्ने दृष्टिकोण एमाले संग मात्र भएको :नेता प्याकुरेल

राजबिराज, १७ माघ । देश निर्माण गर्ने जनताको, आर्थिक समृद्धि ,वर्गविहीन तथा समतामूलक समाजको स्थापना गर्ने दृष्टिकोण नेकपा एमाले संग मात्र भएको राष्ट्रियसभा संसदीय दलका नेता तथा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले बताउनु भयो।
नेकपा एमाले जिल्ला कमिटी सप्तरीले आयोजना गरेको क्षेत्र नम्बर १ को क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथिको आसनबाट नेता प्याकुरेलले सो कुरा बताउनु भएको हो।
मुलुकमा एमाले सरकारले आफ्नो गाउँ आफैं बनाउँ, बृद्धबृद्धा ,विधवा ,शिशु तथा सुत्केरी भत्ता लगायत आवासको कार्यक्रमहरुको अवलम्बन देखि देशको मध्यपहाडी मार्ग, तराईमा रहेको हुलाकि मार्ग ,रेलमार्ग तथा जलमार्गका योजनाहरू अवलम्वन गर्नु संगै प्रत्येक स्थानीय तहमा अस्पतालको स्थापना गर्ने योजनाहरु अवलम्बन गर्ने दृष्टिकोण एमालेको भएको बताउँदै नेता प्याकुरेलले देशको साढे दुई सय बर्षमा पनि नभएको विकास कार्य साढे तीन बर्षमै केपी शर्मा ओलीको प्रधानमन्त्रित्व कालमा भएको बताउनु भयो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुर वडा कमिटीका अध्यक्ष ताराकान्त मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज दिवाकर देवकोटा ,केन्द्रीय सदस्य तथा संघीय सांसद सरिता गिरी यादव ,केन्द्रीय सदस्य राजकुमार लेखी तथा अतिथिहरुमा प्रदेश कमिटी सदस्य शैलेन्द्रचन्द्र झा (भवन झा),, प्रदेश कमिटी सदस्य राजाराम यादव ,जिल्ला सचिव देवनाथ यादव, जिल्ला सदस्यहरु लगायत पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

मधवापुर स्थित बुधन झाको निवास स्थानमा सम्पन्न भेला कार्यक्रममा स्वागत मन्तव्य नगर संयोजक देवनाथ यादवले राखेका थिए भने जिल्ला सदस्य मो. कलिम, पार्टीका सहसचिव अकलेश झा, जिल्ला सदस्य शोभित लाल यादव, केन्द्रीय सदस्य राजकुमार लेखी लगायतकाले पार्टीका अवधारणा बारेमा विचार राखेका थिए।

दिलिप यादवले कार्यक्रम सञ्चालन गरेको सो भेला कार्यक्रममा नेकपा एमाले सरकारले नेपाली जनताको आर्थिक उन्नति समृद्धिको नीति इतिहासमै पहिलोपल्ट प्रत्याभूत गरेको बताउँदै सरकारको भरपर्दो योजना तथा कार्यक्रमहरु विथोल्न विपक्षी दलले पार्टी भित्रैका केही गद्दार नेताहरुलाई भ्रमित गरी सरकारलाई ढालेर परमादेशद्वारा नेपाली कांग्रेसको सरकार बनाउनमा मद्दत गरिएको संघीय सांसद सरिता गिरी यादवले विश्लेषण सहितको अवधारणा राख्नु भयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page