राजनीति

पिपिएलएको सप्तरी जिल्ला कार्य समिति गठन

राजविराज । नेकपा (एमाले)समर्थित कानुन व्यवसायी संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए)को सप्तरी जिल्ला कार्य समिति गठन भएको छ।
हिजो सोमबार सो संगठनले जारी गरेको प्रेस बिज्ञप्तीमा अधिवक्ता गजराज पाण्डेको नेतृत्वमा १६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाइएको हो।
यसैगरी रामप्रसाद चौधरीलाई उपाध्यक्ष,उदितनारायण यादवलाई सचीव,मनु खनाललाई महिला सचीव र दानो चौधरीलाई कोषाध्यक्षमा चयन गरेको छ।
महेन्द्र कुमार चौधरी,सुजित कुमार पोखरेल,राम कुमार यादव,सतिश राय,श्याम कुमार पोखरेल,कृपा नारायण यादव र सुरेश कुमार सिंहलाई सल्लाहकार समितिमा चयन गरेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page