डम्बर राई /
कञ्चनरुप, फागुन ११ गते । सप्तकोशी नगरपालिकाको घटनालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सप्तरीले गम्भिर रुपमा लिइएको छ । साथै जिल्ला सचिव देवनाथ यादवद्वारा हस्ताक्षरीत बुधवार जारी प्रेस विज्ञप्ती मार्फत गठबन्धन समूहको नाममा घटनामा संलग्न केहि अराजक व्यक्तिहरुलाई कानुनी कार्वाहीको लागि प्रसाशनसंग माँग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, गठबन्धनको नाममा केहि अराजक समूहले कार्यालयमा ढुंगा, मुढा गरी कार्यालय तोडफोड र नेकपा (एमाले)बाट निर्वाचित नगर प्रमुख उत्तम कुमार गौतम शर्मा लगायत जनप्रतिनिधीलाई अभद्र व्यवहारसंगै कर्मचारीलाई दुव्र्यवहार गर्नुको साथै पार्टी जिल्ला सदस्य जाहिर हुसैनमाथी सांघातिक आक्रमण गरी घाइते बनाएको भन्दै उक्त घटनाप्रति खेद प्रकट समेत गरेको छ ।
गठबन्धन पार्टीका केहि स्थानिय नेताले आ.व. २०७८—०७९ को नगरभित्रको ११ वटै वडाहरुको योजना कार्वान्वयन गरिनुपर्ने, बेरुजुको विवरण, आन्तरिक लेखा परिक्षणको विवरण लगायत छ बुँदे माँग राख्दै आएका थिए ।
यहि फागुन ८ गते गठबन्धन पार्टीका केहि व्यक्तिहरुका समूहले आफ्नो माँगलाई सम्वोधन नभएको भन्दै कार्यालयमा आक्रमण गरेका थिए ।
Add Comment