समाज

सप्तरीको एक गौशालामा आगलागि हुँदा लाखौको क्षति

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सप्तरी, २० फागुन । सप्तरीको एक गौशालामा गएराति आगलागि हुँदा लाखौको क्षति भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ शास्त्रीनगर स्थित पण्डित राम कुमार शास्त्रीको गौसेवा आश्रममा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।
अचानक गौशालामा आगलागी हुँदा गौशालाको एउटा भवन पूर्णरुपमा जलेर क्षति भएको तथा कुनै किसिमको मानविय तथा पशु चौपायामा कुनै क्षति नभएको बताइएको छ ।
सो आगलागिबाट १० लाख भन्दा बढीको क्षति भएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page