रौतहट , २१ फागुन । नेकपा (एमाले) को जनसंगठन प्रेस चौतारी नेपाल मधेस प्रदेशको प्रथम अधिवेशन शुरु भएको छ।
समृद्धिका लागि सञ्चार कर्म प्रेस चौतारीको मुल मर्म मुल नाराका साथ आज शनिबार रौतहट जिल्लाको चन्द्रपुर स्थित होटेल आरौहीमा प्रदेश अधिवेशन शुरु भएको हो।
सो प्रदेशका चौतारी अध्यक्ष फनि महतको अध्यक्षता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भैरहेको छ । प्रमुख अतिथि ज्ञवालीले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
प्रदेशको आठ वटै जिल्लाबाट बिधानसम्मत प्रतिनिधिहरुको उपस्थिति रहेको छ।
Add Comment