समाज

चौधरीको निवासमा लगाइएको दुई दिने ठूलो भण्डारा आज सम्पन्न

कञ्चनरुप, २४ फागुन । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ ठेलिया निवासी गाउँकुमारी थरुनीको सुपुत्र हर्ख नारायण चौधरी र नरेश कुमार चौधरीको निवासमा लगाइएको दुई दिने ठूलो भण्डारा मंगलवार सम्पन्न भएको छ ।
भण्डारामा सहभागि पुरोहित उत्तम आचार्यले विभिन्न जातजाती र भाषभाषीको रितिरिवाज र परम्परालाई संरक्षण नगरेमा आफ्नो पहिचान मेटिएर जाने भएकाले यसको संरक्षण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । आफ्नो परम्परालाई कायम राख्न चौधरी दाजुभाइले गरेको यस महान कार्य प्रति खुशी हुँदै उहाँहरुलाई धन्यवाद समेत दिनुभयो ।

खोजपुरका महन्त विताइ दास, गंगाजलीका महन्त विशेश्वर दास वैरागी लगायतका महन्तहरु आआफ्नो परम्परा रितिरिवाजलाई जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको ।
सात गाउँका २ हजार वैष्णवहरु र १ सय जना कन्या कुमारीहरुलाई भण्डारामा भोजन गराई बिदाई हर्ख नारायण चौधरीले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page