समाचार

सप्तकोसीमा विभिन्न खेलकुद प्रतियोगिता गरि ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

खगेन्द्र कार्की /
फत्तेपुर ।
सप्तरीको सप्तकोसी नगरपालिकामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिबश विभिन्न खेलकुद प्रतियोगिता गरि मनाइएको छ।
सप्तकोसी नगरपालिकाको सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा सप्तकोसी नगरपालिका स्तरीय अन्तर मा .बि. छात्रा भलिबल प्रतियोगिता ,म्युजिकल चियर प्रतियोगिता को आयोजना गरि नारि दिबश मनाइएको हो ।
छात्रा भलिबल प्रतियोगितामा सप्तकोसीका तीन सामुदायिक, एक निजि सहित ४ वटा बिद्यालयले सहभागिता जनाएको प्रतियोगितामा गो बै ज माबि प्रथम, राष्ट्रिय माबि द्धितिय , नन्द मा बि र ब्राइट्फ्युचर एकेडेमी सान्त्वना भएको थियो । विजयीहरुलाई नगर प्रमुख उत्तम कुमार शर्मा र प्रमुख प्रशासकिय अधिकृत राम देब चौधरीले पुरस्कार प्रदान गरेका थिए ।
“सामाजिक न्याय र लैङ्गिक समानता दिगो बिकासको सुनिश्चितता ” भन्ने नाराका साथ आयोजना गरिएको नारि दिबशमा महिलाहरु बिच गरिएको म्युजिकल चियर प्रतियोगितामा रश्मि श्रेष्ठ प्रथम, प्रश्न राई द्वितीय, एलिसा राई तृतीय भएका थिए ।
सप्तकोसी नगरपालिका नगर प्रमुख उत्तम कुमार शर्मा को प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य लिला थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख उत्तम कुमार शर्मा, वडा नम्बर १० का वडा अध्यक्ष उचित नारायण चौधरी, नेकपा एमाले नगर अध्यक्ष पारस दहाल, राष्ट्रिय मा बि फत्तेपुरकी शिक्षिका रुपा बस्नेत लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन महिला बालबालिका शाखा प्रमुख बिष्णु माया नेपालले गरेकि थिइन।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page